गृहपृष्ठ खबर कपिलवस्तुमा कोरोना नियन्त्रणका लागि कडाइ, मास्क नलगाए कारबाही

कपिलवस्तुमा कोरोना नियन्त्रणका लागि कडाइ, मास्क नलगाए कारबाही

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यालय  कपिलवस्तुले कोरोनाको संक्रमणबाट बच्नका लागी स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना नभएको  पाईएमा कारवाहि गर्ने भएको छ । स्वास्थ्य मापदण्डको उल्लङघन गरेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनले मंगलबार एक सुचना जारी गरि जानकारी गराएको हो ।

प्रशासनले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, दुई मिटरको दुरी कायम गर्ने, सेवाग्राही तथा सेवा प्रदायकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, अनावश्यक भिडभाड नगर्ने र सुरक्षाका न्युनतम मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।

गृह मन्त्रालयद्धारा यहि असार २२ को पत्रानुसार कोभिड १९ को नियन्त्रण, रोकथाम र प्रतिकार्यका लागी स्वास्थ्य मापदण्डको पालना नगरिएको पाईकाले सरोकारवालालाई यस्तो जानकारी गराईएको हो ।

सम्बन्धित् समाचार