गृहपृष्ठ खबर दाङमा २२ केजी चरेससहित दुईजना पक्राउ

दाङमा २२ केजी चरेससहित दुईजना पक्राउ

प्रकाशित मिति:

दाङ : प्रदेश ५ प्रहरी कार्यालयको विशेष टोलीले साढे २२ केजी लागूऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका १२बाट चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बुटवल उप महानगरपालिका १२ हरियाटोलमा बस्ने धन बहादुर दमाईको खाली घरमा खानतलासी गर्दा अवैध २२.५०० केजी चरेससहित गुल्मी मदाने गाउँपालिका ७ का ३९ वर्षीय मेगलाल गिरी र  पूर्वी रुकुम सिस्ने गाउँपालिकाका ३५ वर्षीय रतिभान दमाईलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी प्रवत्ता एसएसपी राजकुमार बैदवारले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बाघको छाला हड्डीसहित पक्राउ

बाँकेको राप्ती सोनारीमा लुकाइ छिपाइ रहेको अवस्थामा बाघको छाला र हड्डी प्रहरी फेला पारेको छ । बाँके राप्तीसोनारी गा.पा १ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ति मगरले आफ्नै घरको मकै बारीमा लुकाइ राखिइएको टाटेपाटे बाघको छाला,र हड्डीसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी जनाएको छ ।

सम्बन्धित् समाचार