गृहपृष्ठ खबर वाणगंगा नगरपालिका वडा नं १ मा क्षमता विकास तालिम सम्पन्न

वाणगंगा नगरपालिका वडा नं १ मा क्षमता विकास तालिम सम्पन्न

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नं १ मा क्षमता विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाले बालमैत्री कार्यक्रम अन्तर्गत बालमैत्री वडा घोषणा गर्नका लागि तयार पारिएको बस्तुगत विवरण अनुसार लगानी योजना निर्माण गरी अपुग सूचकहरु पूरा गर्न वडा भित्रका आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई क्षमता विकास तालिम दिइएको हो ।

तालिममा पोषण, नियमित खोप, भिटामिन ए, गर्भवती जाँच, जन्मदर्ता लगायतका विषयमा सहजीकरण गरिएको थियो । बालमैत्री स्थानीय शासन अन्तर्गत लक्ष्य निर्धारण गरिएको तर हालसम्म पूरा नभएका सूचकहरुलाई पूरा गर्नका लागि महिला स्वास्थ्य स्वयं सेविका र आमा समूहका अगुवा प्रतिनिधिहरुको क्षमता विकास गर्नको लागि तालिम दिइएको बडाले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६।०७७ को बालमैत्री लक्षित बजेट अन्र्तगत वडा नं १ को आयोजनामा सम्पन्न गरिएको हो ।

वाणगंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्थको अध्यक्षता, वाणगंगा नगरपालिकाका उपसचिव बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्य झलक मल्ल ठकुरीको आतिथ्यता, महिला स्वास्थ स्वयम् सेविका, आमा समूहका अध्यक्ष तथा सदस्यहरु, स्थानीयको सहभागिता रहेको थियो । आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख इश्वरा खरेलको सहजीकरण रहेको कार्यक्रम वडा नम्बर १ का वडा सचिव गोविन्द आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच बालमैत्री वडा घोषणा गर्नको लागि वडाद्धारा खेलकूद सामग्री वितरण गरिएको छ । वडाभित्रका टोल विकास संस्थाका बालक्लवहरुलाई खेलकूद सामग्री, दराज, स्टेशनरी लगायतका सामग्रीहरु बालसंजाल मार्फत हस्तान्तरण गरिएको हो । बालबालिकाहरुको क्षमता विकास गर्न खेलकूद सामग्री वितरण गरिएको वडाले जनाएको छ ।

सम्बन्धित् समाचार