गृहपृष्ठ खबर सन् २०२० मा हुने हजयात्रा स्थगित, रकम फिर्ता लिन जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश गर्नुपर्ने

सन् २०२० मा हुने हजयात्रा स्थगित, रकम फिर्ता लिन जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश गर्नुपर्ने

प्रकाशित मिति:

सन् २०२० मा हुने हजयात्रा स्थगित भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हजयात्रा स्थगित गरिएको हो । नेपाल सरकार गृह मन्त्रालय सह समितिको सचिवालयको यही असार १४ गते बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयमा हज यात्रीहरुले हजयात्राका लागी जम्मा गरेको रकम फिर्ता लिन चाहेमा सम्वन्धित जिल्ला प्रशासन कार्यलयमा गई प्रमाण सहित निवेदन दिएमा फिर्ता गरिने छ । निवेदनमा बैंक खाता नम्बर समावेश गरि कार्यलयमा बझाउनु पर्ने छ ।

सम्बन्धित् समाचार