गृहपृष्ठ खबर अर्घाखाँचीको शितगंगामा माछा मार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु

अर्घाखाँचीको शितगंगामा माछा मार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिति:

अर्घाखाँचीमा एक बालकको माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका–९ सिद्धाराको थारगटस्थित रङसिङ खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक बालकको मृत्‍यु भएको हो ।

स्थानीय छविलाल पुनका १२ वर्षिय छोराको आफ्नै घर नजिकको रङसिङ खोलामा विद्युतको मेन तारमा तार अडकाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्‍यु भएको वडा अध्यक्ष भिम केसीले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित् समाचार