बर्दिया । बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ । केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४ बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको थियो ।
पत्नी २६ वर्षीया राजकुमारी थारुको शव मधुवन नगरपालिकाको सीमामा पर्ने बबई नदीको कुसुम्बाघाटमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक कलाधर सापकोटाले जानकारी दिए ।