गुल्मी जिल्लामा ठुलो संख्यामा देखियो सलह किरा देखिएको छ । यस अघि सानो संख्यामा सलह देखिएको थियो तर केही दिनपछी आफै हराएको थियो । अहिले फेरि ठूलो संख्यामा सलह गुल्मी ,पाल्पा ,अर्घाखाची लगाएतका जिल्लामा देखिएको बताइएको छ । केही दिन अघि विज्ञहरुले पहिले भन्दा ठूलो सँख्यामा सलह किरा नेपालमा आउन सक्ने बताएका थिए । पहिले देखिएको सलह किरा को संख्या भन्दा अहिले देखीएको सँख्या निकै धेरै छ ।
जिल्लाको मालिका गाउँपालिका इश्मा गाउपालिका , मदाने गाउँपालिका लगायतका विभिन्न ठाउँको आकाशमा ठूलो संख्यामा सहल किरा उडेको र केहि खेति वालीमा पनि बसेको किसानहरुले बताएका छन ।
धेरै ठाउँमा यो समयमा मकै खेति गरिएको छ । किसानहरुले खेतवारीका छेउछाउमा आगो बालेर धुवाँ गराएका छन भने चर्को आवाजमा थाल तथा ड्रमहरु बजाएर धपाउने प्रयास गरेको सहमर्की कमलराज पुरीले समाचार पठाउनुभएको छ ।