कपिलवस्तु १ साउन
कपिलवस्तुको सदरमुकाम तौलिहवामा बिहीवारबाट करदाता सेवा कार्यालयबाट सेवा शुभारम्भ भएको छ । नगरपालिको वडा नम्बर १ नया टोलमा एक साता अघि स्थापना गरिएको सेवा कार्यालयबाट सेवा प्रारम्भ गरिएको हो । कोरोना भाईरसका कारण जारी लकडाउनका कारण सामान्यरुपमा नै सेवा प्रारम्भ गरिएको आन्तरिक राजस्व कार्यालय कृष्णगनरका प्रमुख पुर्ण प्रसाद न्यौपानले बताए । सेवा कर्यालय सूरु भए पछि जिल्लाका ६ पालिकाका कर दाताले कर संबन्धी सबै सेवाहरु यहीबाट प्राप्त गर्ने प्रमुख न्यौपानले बताए ।
प्यान, भ्याट, आय बिवरण लगायतका सेवा कर संबन्धी सबै सेवाहरु लिन अब ५० किमि टाढा रहेको कृष्णगनरमा जानु पर्ने बाध्यता अन्त्य भएको उनले बताए ।
सेवा कर्यालयबाट न्यायिक अधिकार बाहेकका सबै कर संबन्धी काम हुने छन । कर्मचारी अभावका कारण ५ जना दरबनदी रहे पनि हाललाई ३ जना कर्मचारीबाट सेवा संचालन गरिएको छ । सेवा कार्यालय प्रमुख, कम्प्युटर अप्रेटर, कर्यालय सहयोगी गरी हाललाई ३ जना मात्र कर्मचारी छन ।
नासुको २ दरबन्दी भने खाली छन । सेवा कार्यालयको कार्यक्षेत्र जिल्लाको कपिलबस्तु नगरपालिका, बाणगंगा नगरपालिका, बुद्धभुमि नगरपालिका, मायादेवी गांउपालिका यशोधरा र शुद्धाधन गाँउपालिका रहेका छन । कार्यालयबाट करदाता सेवा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह हुने कर दाता सेवा कार्यालयका कर अधिकृत सुरेश महतोले बताए । यसै बिच सेवा प्रारम्भ भएको पहिलो करदातालाई तौलिहवा उद्योग बाणिज्य संघले खादा लगाएर स्वागत गरेको छ ।
तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले करदातालाई सम्मानित गर्दै ३ बर्षको अथक प्रयासबाट तौलिहवामा करदाता सेवा संचालन भएकोमा खुशी ब्यक्त गरे । ‘ कर संबन्धी काम गर्न एक दिन लाथ्यो अब आफनै घर नजिकैबाट सेवा पाएका छौ ’ उनले भने । करदाताको सयम र पैसा दुबै बचत हुने भन्दै उनले खुशी ब्यक्त गरे ।