गृहपृष्ठ खबर नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

प्रकाशित मिति:

काभ्रे । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई आज बिहान अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका साँगाबाट प्रक्राउ गरेको छ ।

“काठमाडौँ उपत्यका प्रवेशका क्रममा जाँच गर्दा नक्कली बिरामी बनाएर यात्रु बोकेको पाएपछि एम्बुलेन्सका चालक महतोलाई पक्राउ गरिएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भने, “एम्बुलेन्समा चालकसमेत आठ जना सवार थिए । सबैलाई सोधपुछ गर्दा कोही पनि बिरामी नभएको पाइएपछि एम्बुलेन्स चालकलाई पक्रिएको हो ।” चालक बाहेकका यात्रु र एम्बुलेन्सलाई सर्लाहीतर्फनै फर्काएइको उनले बताए ।

सम्बन्धित् समाचार