गृहपृष्ठ खबर नेकपा विवाद केन्द्रीय समिति बैठक बोलाउने खुमलटार भेलाको निर्णय

नेकपा विवाद केन्द्रीय समिति बैठक बोलाउने खुमलटार भेलाको निर्णय

प्रकाशित मिति:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले तत्काल केद्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीमा देखिएको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भएको छलफलमा सहमति नजुटेपछि ओली पक्षले बालुवाटार र प्रचण्ड पक्षले खुमलटारमा आफु निकटका नेताहरुसँग छलफल गरेका थिए ।

 

खुमलटार छलफलमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार भोलि बस्ने स्थायी समितिले केन्द्रीय समिति बैठक बोलाउन र मिति तोक्न दवाव दिने खुमलटारमा भेलाले निश्कर्ष निकालेको छ ।

सम्बन्धित् समाचार