गृहपृष्ठ खबर सडक अतिक्रमण हटाउन तोकिएको समय सीमा बढाईएको छैन ः मेयर सिंह

सडक अतिक्रमण हटाउन तोकिएको समय सीमा बढाईएको छैन ः मेयर सिंह

प्रकाशित मिति:

हुलाकी बाटो निर्माणकालागि सडक अतिक्रमण हटाउन साउन २ गते सम्म सयमसिमा दिईएको स्पष्ट पार्दै अतिक्रमण खाली गर्न सयम नथपिएको कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बताएका छन ।

अहिले तौलिहवा बजारमा नगर प्रमुखले अतिक्रमण हटाउनकालागि ३ महिना सयम सिमा थपेकोे चर्चा चलीरहेको बेला मेयर सिंहले आफुले कसैलाई त्यस्तो बचन नदिएको बताए ।

सडक अतिक्रमण गरी संरचना बनाएका केही ब्यक्तिहरु सयमसिमा बढाउनकालागि आफुसंग भेटेको र यस बारेमा प्रशासनसंग कुरा राख्ने मात्र भनेको उनले बताए । गत असार २५ गते सडक अतिक्रमण हटाउने बिषयमा सर्वपक्षीय निर्णय भएकोले सो निर्णयमा आफुले केही गर्न नमिल्ने उनले बताए । उनले सडक अतिक्रमण जति सक्दो छिटाे हटाउन अपील गरेका छन ।

साउन २ गते सम्म अतिक्रमण हटाउन समयसिमा दिईए पछि जमुहारटोल लगायत ठाउ ठाउमा स्थानीयनबासीले आफैले अतिक्रमण खाली गर्न थालेका छन । साउन ३ गते अतिक्रमण गरी बनेका सरकारी संरचना हटाईन र साउन ४ गतेबाट अन्यको अतिक्रमण हटाउने कार्य सूरु गर्ने बताए । उता प्रशासन कार्यालय र हुलाकी सडक आयोजनाले समेत जति सक्दो चाडो अतिक्रमण खाली गर्न आग्रह गरेका छन ।

सम्बन्धित् समाचार