कपिलवस्तुमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । ५८ वर्षकी बेली भुसालको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
कपिलवस्तु बाणगंगा–३ चम्कीपुरमा खोलामा डुबेर जीवलाल भुसालकी श्रीमती बेली भुसालको मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक भुसालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लैजाने तयारी भई रहेको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । ।







