गृहपृष्ठ खबर कञ्चन जेसिजको छैठौं बोर्ड बैठक, संस्थाको जिवन्तताको लागि सामुहिक प्रतिबद्धतालाई जोड

कञ्चन जेसिजको छैठौं बोर्ड बैठक, संस्थाको जिवन्तताको लागि सामुहिक प्रतिबद्धतालाई जोड

प्रकाशित मिति:
कञ्चन जेसिज बर्ष २०२०/२०२१को कार्यसमितिको छैठौं बोर्ड बैठक बसेको छ । बर्ष २०२०/०२१ का अध्यक्ष बाबुराम पौडेलको अध्यक्षता तथा संस्थापक अध्यक्ष चुडामणी पौडेलको आतिथ्यतामा बसेको बोर्ड बैठकले अर्धबार्षिक कार्यक्रमको समिक्षा गर्दै थप कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने निर्णय गरेको छ ।
अध्यक्ष पौडेलले कञ्चन जेसिजको जिवन्तताको लागि एक्लैले सम्भव नहुने भएकोले समूहको एकता र प्रतिबद्धतालाई जोड दिनु पर्नेमा बोर्ड सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । टिम स्प्रिटमा काम गरेर टिमले नै जस पाउने भएकोले हरेक कामहरुमा टिम स्प्रिटलाई जोड दिएर सबैले आफ्नो क्षमता अनुसारको सहभागिता जनाउन आग्रह गर्दै बर्ष २०२०/०२१का अध्यक्ष बाबुराम पौडेलले बार्षिक क्यालेण्डर अनुसारको बांकी कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउन एकबद्ध भएर लाग्नु पर्नेमा बिशेष आग्रह गर्नु भएको् छ।
अध्यक्ष पौडेलले युवाहरुको नेतृत्व बिकासको लागि जेसिज टिम आफै पनि सक्रिय हुनुपर्ने र आगामी कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सामुहिक छलफल आपसी सल्लाह सुझावको आवस्यक हुने बताउनु भएको छ । सामाजिक सेवाको कार्यमा पारिवारिक समस्यामा अल्झिएर नभई समाधान गरेर अगाडी बढ्नु पर्नेमा जोड दिदै संस्थापक अध्यक्ष तथा बर्ष २०१९/०२०का अध्यक्ष चुडामणी पाौडेलले कञ्चन जेसिजलाई फरक पहिचान र बिशेषता सहितको कार्यक्रमहरु संचालन गरी अगाडी बढाउन सके जेसिजको अस्तित्व रहने बताउनु भएको छ ।
नेतृत्व बिकासको लागि संगठित भएका युवाहरुले पारिवारिक जिम्मेवारीलाई पनि बहन गर्दै समाजिक सेवाको बाटोमा लागेर समाजलाई नेतृत्व दिनको लागि हरेक जेसिज युवाहरु प्रतिबद्ध हुनु पर्ने कुरालाई संस्थापक अध्यक्ष पौडेलले जोड दिनु भएको छ।
बैठकमा कार्यकारी उपाध्यक्ष द्वय राजन शर्मा पौडेल र मोहराज पौडेल,उपाध्यक्षहरु रोशन आचार्य,बुद्धिप्रसाद रेग्मी,सुमन सुबेदी लगायतले संस्थाको संस्थागत बिकासको लागि आफ्नो नियमित सक्रियतामा कुनै कमी हुन नदिने र नोवल कोरोना भाइरसले बिश्वभर पारेको बिषम परिस्थितीका बाबजुद पनि जेसिजको भुमिकालाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन बिशेष भुमिका निर्बाह गर्नु भएका बर्ष २०२०/०२१ का अध्यक्ष बाबुराम पौडेललाई बिशेष धन्यबाद दिनुभएको थियो ।
कञ्चन जेसिज बर्ष २०२०/०२१ का महासचिव चित्र तुलाचनले बैठकको सहजिकरण गर्नु भएको थियो।

 

सम्बन्धित् समाचार