काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जना कोरोना भाइरस जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत थप ५८ जना निको भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६ सय ९५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।








