गृहपृष्ठ खबर देशभरि अधिकांश स्थानमा वर्षा, बाढीपहिराेकाे उच्च जाेखिम

देशभरि अधिकांश स्थानमा वर्षा, बाढीपहिराेकाे उच्च जाेखिम

प्रकाशित मिति:

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको उल्लेख गरेको छ। साेमबार बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा भइरहेको जल तथा माैसम विज्ञान महाशाखाले जनाएकाे छ ।

साेमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरूमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

रातिपनि देशभर पूर्ण बदली रही धेरै स्थानहरूमा मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सम्बन्धित् समाचार