गृहपृष्ठ खबर काठमाडौंमा चल्न थाले सार्वजनिक सवारी–साधन

काठमाडौंमा चल्न थाले सार्वजनिक सवारी–साधन

काठमाडौं, साउन ५ । काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् ।
सवारी चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी–साधनहरुमा सामाजिक दुरी कार्यान्वयन गराउन निगरानी पनि बढाएको जनाएको छ । महाशाखाले ४५ ओटै ट्राफिक युनिटबाट ट्राफिक प्रहरी खटाउँदै अनुगमन बढाएको जनाएको हो ।

असार १ गतेबाट जोर–बिजोर प्रणाली सञ्चालनमा आएपछि नियम उल्लंघन गर्ने ६५ हजार २०० बढी निजी सवारी–साधनलाई कारबाही गरेको महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।उहाँले नियम उल्लंघन गर्नेहरुको सवारी–साधनलाई तीन दिनसम्म ‘होल्ड’ गराइ कारबाही गरेको बताउनुभयो ।महाशाखाकाअनुसार ‘लकडाउन’ अवधिमा एक लाख ३१ हजार ५०० बढी सवारी–साधन कारबाहीमा परेका छन् ।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा दैनिक ३५ सय बढी सवारी–साधन भित्रिने गरेको पनि महाशाखाले जनाएको छ ।
सार्वजनिक सवारीमा भने जोर–बिजोर प्रणाली लागू नभएको पनि महाशाखाले प्रष्ट पारेको छ ।

सम्बन्धित् समाचार