गृहपृष्ठ खबर पछिल्लो ३८ दिनमा बाढी–पहिरोमा परि ११३ को मृत्यु, ४४ जना बेपत्ता

पछिल्लो ३८ दिनमा बाढी–पहिरोमा परि ११३ को मृत्यु, ४४ जना बेपत्ता

प्रकाशित मिति:

काठमाडौं । मुलुकका विभिन्न स्थानमा बाढी–पहिरोमा परेर पछिल्लो ३८ दिनमा ११३ जनाको मृत्यु भएको छ । यस्तै ४४ जना बेपत्ता भएका छन् ।

यो तथ्यांक गत जेठ ३० गतेदेखि आज (साउन ५) सम्मको रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बेपत्ताको खोजी जारी छ । यो अवधिमा काठमाडौं उपत्यकामा एकजनाले ज्यान गुमाएका छन् । यस्तै प्रदेश १ मा दुईजनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । वाग्मती प्रदेशमा पाँचजनाले ज्यान गुमाएका छन् ।

प्रदेश २ मा कसैले ज्यान गुमाउनुपरेको छैन भने पाँचजना घाइते भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६८ जनाको बाढी–पहिरोमा परि ज्यान गएको छ भने पाँचजना बेपत्ता छन् । प्रदेश ५ मा ९ जनाले ज्यान गुमाउँदा एकजना बेपत्ता छन् । कर्णाली प्रदेशमा १६ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् । सुदूरपश्चिम प्रदेशमा १२ जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ३८ दिनकै अवधिमा १०३ जना घाइते भएका छन् ।

सम्बन्धित् समाचार