काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६०९ जनाले कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ ।
यस्तै आज पछिल्लो २४ घण्टामा १५० जनामा कोरोनाभाइरस संक्रमण भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या भने ४० रहेको छ ।
एकैदिन ६ सय ९ जना संक्रमण मुक्त, १२ हजार ४७७ जना कोरोना जितेर फर्किए घर


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैस्थगित आईपीएल क्रिकेट आजदेखि शुरू हुँदै
५२ मिनेट अघि
लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
११ घण्टा अघि