कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिको झडुला मन्दीर परिसरमा नेपाली काग्रेसले वृक्षरोपण गरेर बिपि स्मृति दिवस मनाएको छ । बिपि कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा वृक्षरोपण गरिएको हो ।
कार्यक्रममा नेपाली काग्रेस कपिलवस्तुका सभापति तथा पुर्व राज्यमन्त्री सुरेन्द्रराज आर्चाय, बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, उप मेयर मिरा थारु, महिला सघंकी जिल्ला अध्यक्ष मिना केसि, युवा नेता रोमलाल खनाल बिद्यार्थी नेता कृष्ण गिरि लगायतको सहभागिता रहेको थियो ।
नेपाल तरुणदलको परिपत्र अनुसार वृक्षरोपण गरिएको बिद्यार्थी नेता कल्याण खनालले वैखरी अनलाइनलाई जानकारी दिए ।