गृहपृष्ठ खबर नवलपरासीमा बृक्षाराेपण गरि मनाईयो ३८ औँ बिपि स्मृति दिवस

नवलपरासीमा बृक्षाराेपण गरि मनाईयो ३८ औँ बिपि स्मृति दिवस

प्रकाशित मिति:

उमेश बि.क / नवलपरासी ,

नेपाली काङ्ग्रेसको संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा पश्चिमी नवलपरासीमा बृक्षाराेपण सहित बिचार गाेष्ठी कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु पौडेलको सभापतित्व तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्य देवेन्द्र राज कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सन्चालन गरिएको थियो।

कार्यक्रममा सम्बाेधन गर्दै केन्द्रिय सदस्य कन्डेलले काङ्ग्रेस बिभाजित र बिचलित नभै एक भएर बिपिको मार्गमा हिड्नु पर्ने बताए।बिपिले अङ्गालेको राष्ट्रियता ,समाजबाद र लोकतन्त्रको मुल मर्मलाई आत्मसाथ गर्दै अघि बढ्न सके मात्र काङ्ग्रेस पहिलो पार्टी बन्न सक्ने दावी गरे। जिल्लामा रहेको बिवाद अन्त्यसंगै आम कार्यकर्ता र शुभेच्छुकहरुलाई उत्साहित बनाएकाले यसले साङ्गठनिक एकतालाई थप मजबुत बनाउने दृढता ब्यक्त गरे।

त्यसैगरि कार्यक्रममा बोल्दै संविधानसभा सदस्य बिक्रम खनालले काङ्ग्रेस आपसी द्वेष र मतभेद त्यागी रास्टृयताको सवालमा एक ढिक्का भएर लाग्नु पर्ने तर्क ब्यक्त गरे। बिपि कोईरालाले साहित्यका माध्यमबाट समेत समाज रुपान्तरणमा अहम भुमिका निर्वाह गरेको स्मरण गर्दै बिपि कोईराला जस्तै सच्चा रास्ट्रबादी भएर देखाउन बर्तमान सरकारलाई चुनौती दिए।

उनले भ्रष्टाचारमा शुन्य सहनशिलतामा अगाडी बढेको भन्ने सरकार नै व्यापक रुपमा भ्रष्टाचारमा लिप्त भएको बताए। सरकारका गतिबिधिले दुई तिहाई दिनप्रतिदिन जनतामाझ अलोकप्रिय बन्दै गैरहेकाले यसको एउटै बिकल्प काङ्ग्रेस रहेको समेत दावी गरे। खराब चरित्र र बेथितिको बिरोध गर्दै काङ्ग्रेस कार्यकर्ताले निरन्तर खबरदारी गर्नु पर्ने धारणा ब्यक्त गरे।

यसै गरि कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला सदस्य भरत थापाले सामाजिक सन्जालमा समेत आफ्नै पार्टी भित्रको बिवादमा रोमलिने कार्यकर्ता र शुभेच्छुकहरुलाई बिवाद अत्य पछिको सहमती संगै सरकारका गलत कदमका बिरुद्द आवाज उठाउन आग्रह गरे।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला सभापति बिष्णु पौडेलले जिल्ला समितिमा रहेको बिवाद ७ बुदे सहमतिबाटै अन्त्य भएकाले अब नवलपरासीमा कुनै गुट र उपगुट नरहेको बताए।आम कार्यकर्ताको भावना अनुरुप केन्द्रको निर्णयमा आफुहरु एक भएकाले आम कार्यकर्तालाई यो कदमले थप उर्जा मिलेको बिस्वास ब्यक्त गरे।

कार्यक्रममा प्रदेस सभा सदस्य बैजनाथ जैसवाल,उपसभापति अर्जुन पोखरेल,महिला संघ अध्यक्ष कमला पराजुलि ,जिल्ला समन्वय समिती प्रमुख शिव शंकर राय,जिल्ला सदस्य क्षेत्र न.२ का सभापति एवम रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता,प्रवक्ता कुलदिप आचार्य ,क्षेत्र न.१ का सभापति मुकुल कुमार आचार्य लगायतले मन्तव्य ब्यक्त गरेका थिए।

कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले पार्टिको सुदृढीकरणका बिषयमा बोल्दै बिपिको सिधाान्त अनुरुप जनतामाझ जानू पर्नेमा जोड दिए ।
कार्यक्रममा सयौ कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो।

यसै गरि बिपि स्मृति दिवसकै अवसर पारी नेपाल तरुण दल पश्चिम् नवलपरासीले पृथ्वी चन्द्र अस्पताल परासीमा रहेका बिरामीहरुलाई तरुणदल जिल्ला सभापति सुक बहादुर गुरुङ को अगुवाईमा फलफुल बितरण गरिएको छ।

सम्बन्धित् समाचार