गृहपृष्ठ खबर सडकमा जताततै खाल्टाखुल्टी, स्थानीयले रोपे बाटोमै केरा

सडकमा जताततै खाल्टाखुल्टी, स्थानीयले रोपे बाटोमै केरा

प्रकाशित मिति:

दाङ । सडकका जताततै खाल्टो नै खाल्टो भएपछि लमहीमा स्थानीय बासिले सडकमै बिचमा केराका बोटहरु रोपेका छन्।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ– लमही खण्डमा सडकैभर खाडल परेपछि लमही नगरपालिका-१ नर्तिका स्थानीयबासीले बीच सकडमै दुई वटा केराको रुखहरु रोपेका हुन्।

वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम बढेको, हिँड्डुल गर्न समस्या भएको भन्दै सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन यस्तो उपाय अवलम्बन गरेका हुन्।सडकको दुराअवस्थापछि नियमन निकायलाई पटक पटक ध्यानाकर्षण गराउदा समेत आफनो गुनासो नसुनेपछि स्थानियहरुले बिच बाटोमै केरा रोपेका हुन ।

सडक भरि ठूला ठूला खाडल परेका कारण सवारी दुर्घटना बढेको, धेरैले अकालमा ज्यान गुमाउनु परेको, पैदल यात्रु, साइकल चलाउनेलाई यात्रा गर्न कठिन भएको स्थानिय रमेश चौधरीले बताउनुभयो ।

सम्बन्धित् समाचार