बुुटवल । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ दोभानमा पर्ने सिद्धबाबा मन्दिरको छेउमै रहेको खोल्सामा आएको पहिरोसहितको गेग्रान र लेदोले मन्दिर परिसरमा क्षति पुराएको छ । मंगलवार विहान पौने एकबजे र दुईबजे गरी दुई पटक आएको पहिरोसहितको ग्रेगानले धर्मशालामा रहेको स्टोर रुम,भान्सा,धारा,प्रचार बोर्ड,खोल्सामा लगाइएको फलामको रेलिङ्ग रर श्राद्ध स्थलमा क्षति पुराएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले बताएका छन्।
अध्यक्ष गुरुङका अनुसार गएरातिदेखि आएको अबिरल वर्षाको कारण मन्दिर परिसरमा रहेका उल्लेखित भौतिक सामग्रीहरुको क्षति भएता पनि मानवीय क्षति हुनबाट जोगिएको बताउँदै मन्दिर परिसमा रहेका लक्ष्मीपति सापकोटा,बिमल पौडेल र कृष्ण न्यौपाने गुरुका साथै फूलप्रसाद व्यवसायी गोरखनाथका चारजना सकुशल रहेको बताए । २०३८ सालपछिको ठूलो वर्षा र क्षति भएको मन्दिरका पुजारी लक्ष्मीपति सापकोटाले बताए ।
विहानैदेखि मन्दिर परिसरमा जम्मा भएको गेग्रान र लेदो हटाउन डिभिजन सडक कार्यालय,पाल्पा र बुटवलसँग समन्वय गर्दै आवश्यक डोजर लगायतका साधनको माग गरेता पनि भरखरै एउटा सानो जेसीभी आइपुगेको अध्यक्ष गुरुङले बताए । जम्मा भएका गेग्रान र लेदो समयमै हटाउन सकिएन भने धर्मशाला पुरै जोखिममा पर्ने र तिनाउ नदीमा पुग्ने भएको हुँदा जतिसक्दो चाँडो हटाइदिन उनले सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध समेत गरेका छन् ।