गृहपृष्ठ खबर ७०.६ प्रतिशत कोरोना संक्रमित निको भएर फर्किए घर

७०.६ प्रतिशत कोरोना संक्रमित निको भएर फर्किए घर

प्रकाशित मिति:

काठमाडौं । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए ।

सम्बन्धित् समाचार