गृहपृष्ठ खबर च्याउ खाँदा बिरामी परेका एकै घरका थप तीनजनाको मृत्यु

च्याउ खाँदा बिरामी परेका एकै घरका थप तीनजनाको मृत्यु

प्रकाशित मिति:

जाजरकोट : च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका थप तीनजना बालबालिकाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । सोमबार गाउँमै एकजना बालिकाको मृत्यु भएको थियो ।

च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना बिरामी परेका थिए ।

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए ।

चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए ।

सम्बन्धित् समाचार