उच्च अदालत तुलसीपुर बुटवल ईजलाससले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई नरोक्न आदेश दिए पछि कपिलवस्तु नगरपालिकाले सडकमा परेका संरचना हटाउन फेरी ३ दिनको सयमसिमा दिएको छ । मंगलवार नगरपालिकाले सुचना जारी गर्दै हुलाकी सडकको जमुहार देखि छोटकीतौलिहवाको मस्जिद सम्म तथा बहादुरगंज जाने चोक देखि भिक्षु चोक सम्मको सडकमा पर्ने संरचना खाली गर्न सयमसिमा दिईएको हो ।
अदालतले समेत काम नरोक्न आदेश गरकाले ३ दिन भित्र संरचना हटाउन आग्रह गरिएको छ । अटेर गरिए डोजर लगाएर भत्काइने समते चेतावनी दिइएको छ । सडक क्षेत्रमा परेका संरचनाहरु अधिकांसले हटाउन सूरु गरी सकेका छन । केहीले मात्र अझै सम्म सुरसार गरेका छैनन । जमुहार देखि छोटकी तौलिहवा सम्मको २३ सय ४० मिटरमा २ सय ७३ तथा जमुहार देखि भिक्षु चोक सम्म ५ सय ८३ वटा संरचना सडक क्षेत्र भित्र परेको नगरपालिकाले जनाएको छ ।
गत असार २५ गते हुलाकी सडकको कामलाइृ तीब्रता दिन प्रशासन कार्यालयमा सर्वपक्षीय निर्णय भएको थियो । सोही निार्णययका आधारमा पहिलो पटक एक साता भित्र संरचना हटाउन सयमसिमा दिईएको थियो । असार ३ गते सरकारी र असार ४ गते निजी क्षेत्रका संरचना डोजर लागएर भत्काईएको थियो ।
सो कार्य रोक्का गर्न स्थानीय कालीपद शर्मा, रोहित कुमार उपाध्याय र सुरेश शर्माले अदालतमा रिट गरेका थिए । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले घरबारबिहीन हुनेहरुलाई ५ धुर जग्गा दिने र सडक ऐन २०३१ अघि बनेका संरचनाका बिषयमा क्षतिपुर्ति उपलब्ध गराउनका लागि प्रशासन कार्यालयमा निर्णय समेत गरिएको बताए । अबको ढाई बर्ष भित्र हुलाकी सडक निर्माण गर्न पनि कामलार्इृ तीब्रता दिनु पर्ने बताए । हुलाकी सडक निर्माणमा सहयोग र साथ दिन उनले नगरबासीहरुमा अपील समेत गरेका छन ।