गृहपृष्ठ खबर वाणगंगा नगरपालिका १० स्थित बिहानी टोल विकास संस्थाको अध्यक्षमा पाण्डे चयन

वाणगंगा नगरपालिका १० स्थित बिहानी टोल विकास संस्थाको अध्यक्षमा पाण्डे चयन

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नं. १० को बिहानी टोल विकास संस्थाको अध्यक्षमा देवीप्रसाद पाण्डे चयन हुनुभएको छ । यस्तै आगामी दिनमा टोललाई विकासका गति दिनका लागि उपाध्यक्षमा शिवा थारु, सचिवमा रुपा विक, कोषाध्यक्षमा रामप्रसाद चौधरी चयन गरिएको छ । संस्थाका सदस्यहरुमा रवीलाल गौतम, श्यामलाल पोख्रेल, दानु घर्ती, छोटेलाल थारु, छलमाया घर्ती, तारा रेस्मी र आशिका पचैया सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरिएको हो । कार्यक्रममा वर्तमान अध्यक्ष देवीप्रसाद पाण्डेले टोलको विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पदमा बसिसकेपछि आफ्नो काम कर्तव्य नभुलेर टोलबासीलाई खुसी बनाउन कार्य गर्ने बताउनुभयो ।

निर्वतमान अध्यक्ष विष्णु पौडेलको अध्यक्षता, वडा नं १० का वडा अध्यक्ष रामविहारी चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम वडा सचिव अशोक कुमार चौधरीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्यहरु, समाजसेवी, स्थानीय, बुद्धिजिवि लगायत २ सय बढीको सहभागिता रहेको संचारकर्मी प्रकाश क्षेत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार