गृहपृष्ठ खबर लियो क्लव अफ कपिलवस्तुको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल

लियो क्लव अफ कपिलवस्तुको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल

प्रकाशित मिति:

कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तुको तेस्रो अधिवेशन तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा मदन पौडेल, प्रथम उपाध्यक्षमा पाण्डव भण्डारी, द्धितीय उपाध्यक्षमा एजिना पौडेल, तृतीय उपाध्यक्षमा सागर बन्जाडे, सचिवमा पदम पौडेल, कोषाध्यक्षमा लक्ष्मण सापकोटा, सह–सचिवमा सलिना नेपाल र सह कोषाध्यक्षमा प्रविन गौतम चयन भएका छन् ।

अधिवेशनबाट चयन भएका पदाधिकारीहरुलाई लायन्स क्लवका द्धितीय उपाध्यक्ष तथा लियो कोर्डिनेटर केशव सापकोटाले पद हस्तान्त्रण गरेका थिए ।
अधिवेशनमा निवर्तमान सचिव सागर बन्जाडेले संस्थाको बार्षिक प्रगति प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष पदम पौडेलले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।
त्यस्तै क्लवको नवगठित कार्यसमितिका अध्यक्ष मदन पौडेलले आफ्नो कार्यकालमा गर्ने योजना तथा कार्यक्रमहरुको बारेमा स्पष्ट पार्दै क्लवलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष बिष्णु पौडेलले लियो क्लव सामाजिक कार्यमा तल्लिन हुनुपर्नेमा जोड दिए । लियो क्लवका संस्थापक अध्यक्ष नवराज घिमिरे, लायन्स क्लवका अध्यक्ष सुरेन्द्र घिमिरे, प्रथम उपाध्यक्ष धातानन्द भुसाल, लगायतले मन्तब्य दिंदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

क्लवका अध्यक्ष मदन पौडेलको अध्यक्षता, लियो तथा लायन्स क्लवका पदाधिकारीहरुको आतिथ्यता रहेको कार्यक्रम लियोका सक्रिय सदस्य सुनिता बेल्बासेको स्वागत मन्तब्य तथा निवर्तमान सचिव सागर बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार