गृहपृष्ठ खबर सैनामैनामामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म घर बाहिर निस्कन रोक

सैनामैनामामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म घर बाहिर निस्कन रोक

प्रकाशित मिति:

रुपन्देहीको सैनामैना नगरपालिकाले अन्यत्रबाट आउने जानेहरुको संख्या बढ्दै गएपछि नगरभित्रको चहलपहल कम गर्ने रणनीति अपनाएको छ।

कोरोना विशेष विपद ब्यव्स्थापन समितिको बैठकले नगरपालिकाभित्र राति ८ बजेदेखि बिहान ५ बजेसम्म घर बाहिर निस्कन रोक लगाएको छ। नगरपालिकाले रातीको समयमा अत्यावश्यक कामका लागि घरबाहिर निस्कनुपरेमा नगरपालिका, इलाका प्रहरी कार्यालय रन्यौरा र इलाका प्रहरी कार्यालय सालझण्डीमा सम्पर्क गर्नुपर्ने नियम ल्याएको छ।

सैनामैनामा अबदेखि राती ८ बजे नै होटलसहितका सबै व्यवसाय बन्द हुनेछन्। सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीका अनुसार होटल तथा रेन्टुरेन्ट खुल्ला हुँदा बाहिरबाट मानिसको आवतजावत र जमघट बढेको र कोरोना भाइरसको सं‌क्रमण फैलिन सक्ने भएकाले यस्तो नियम ल्याइएको हो।

नगर क्षेत्रभित्र भेला, तालिम, गोष्ठी, सभा सम्मेलन गर्न र मानिसहरु भेला हुने कुनै कार्यक्रम गर्न पाइनेछैन। नगरपालिकाले जीमखानाहरु पनि बन्द गर्न भनेको छ।

नगरभित्र केही दिनयता सञ्चालनमा आएका ईन्ष्टिच्युट तथा शैक्षिक संस्थामा पठनपाठन हुन रोक्ने र भएको भए रोक्ने निर्णय गरेको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिए। उनका अनुसार साप्ताहिक हाटबजार पनि बन्द हुनेछन्।

सम्बन्धित् समाचार