नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन नेपाल राष्ट्रिय युवा संघ ठाकुरापुरटोल वडा नं ४ ले अति विपन्न तथा असहायलाई सहयोग गरेको छ । आर्थिक अवस्था दयनीय भएका ठाकुरापुरका अति विपन्न सुकुम्वासी बस्तीका रुकविर राना र श्रीमती बममाया राना (खुर्सानी मगर)लाई ४० केजी चामल दाल, तेल, नुहाउने, धुने साबुन लगायतका खाद्यान्न र अति आवश्यकीय सामानहरु वितरण गरिएको हो । ७० वर्षीय वृद्धको स्वास्थ अवस्था एकदमै नाजुक भएको र अति गरिब भएकोले केही मह्लम लगाउन खाद्यान्न लगायतका सामान हस्तान्तरण गरेको हो ।
संगठनले आ आफ्नो तर्फबाट केही रकम जोहो गरी दुखि विपन्नहरुलाई सहयोग गरेको संगठनका पूर्व एमाले क्षेत्रीय सदस्य तथा नेपाल राष्ट्रिय युवा संघका सदस्य प्रदिप पौडेल (प्रेमनारायण शर्मा) ले जानकारी दिनुभयो । खाद्यान्न लगायतका सामान पाएकोमा नेपाल राष्ट्रिय युवा संघलाई परिवारले खुसी हुँदै धन्यवाद दिएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय युवा संघका सदस्य नविन आचार्य, प्रदिप पौडेल (प्रेमनारायण शर्मा) दिपक पोखरेल, मिलन चालिसे, नेत्र बहादुर बराई, सन्दिप थारु लगायत संगठनका युवाहरुको सहभागिता रहेको थियो ।