गृहपृष्ठ खबर रुपन्देहीमा क्वारेन्टिनमा गार्ड बसेका युवाले आफैमाथि आगो लगाए

रुपन्देहीमा क्वारेन्टिनमा गार्ड बसेका युवाले आफैमाथि आगो लगाए

प्रकाशित मिति:

बुटवल- रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आफैलाई आगो लगाएका हुन्।

मंगलबार बिहान करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।उनले किन आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन।शरीरको धेरै भाग जलेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार