गृहपृष्ठ खबर कपिलवस्तुको कृष्णनगरमा थपिए ५ कोरोना पोजेटिभ ,समुदायका शिक्षक,विद्यार्थी ,व्यापारी र बैंकरमा कोरोना

कपिलवस्तुको कृष्णनगरमा थपिए ५ कोरोना पोजेटिभ ,समुदायका शिक्षक,विद्यार्थी ,व्यापारी र बैंकरमा कोरोना

प्रकाशित मिति:

कपिलवस्तु , कृष्णनगर ।
मङ्गलबार कृष्णनगर नगरपालिकाको ९ जना प्रतीक्षामा रहेको रिपोर्ट मध्ये थप ५ जनाको पोजेटिभ ४ नेगेटिभ आएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट Random Sampling Techniques द्वारा २०७७/०४/१८ गते गरिएको कुल १३३ नमुना संकलन मध्ये १० पोजेटिभ देखिएको छ भने १२३ नेगेटिभ रिपोर्ट आएको छ । यी सबै नमुना समुदायबाट संकलन गरिएको थियोे । सबै नमुना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । मङ्गलबार थपिएका सङ्क्रमित मध्ये १ जना एभरेस्ट बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी , १ जना शिक्षक र २ विद्यार्थीमा रहेका छन् । यस सँगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८११ पुगेको छ ।

सम्बन्धित् समाचार