प्युठान/ साउन २१ ।
जिल्लामा बुधबार थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाव परीक्षणमा प्युठान नगरपालिकाका ५ जनामा कोरोना देेेखिएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए। संक्रमित मध्ये २ महिला र ३ जना पुरुष छन। उनिहरु २३ देखी ४८ बर्ष उमेर समुहका रहेको श्रेष्ठले बताए। संक्रमित मध्ये ४ जना क्वारेन्टाईनमा रहेका र १ जना समुदाय परिक्षणका क्रममा फेला परेको हो। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
अहिले सम्म जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ४२ पुगेको छ। भने निको भएर घर फर्कनेको सङ्ख्या ३ सय ३४ रहेको छ । अझै ३ सय ६२ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।
प्युठानमा ५ जना थपिएसंगै कोरोना संक्रमित ३ सय ४२ पुगे


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनी प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
५ घण्टा अघि
कपिलवस्तुमा रुखले च्यापिएर एक बालिकाको मृत्यु
६ घण्टा अघि
स्थापना दिवसमा बिरामीलाई फलफुल उपहार
१७ घण्टा अघि