प्युठान जिल्लाको प्रमुख ब्यापारिक केन्द्र बाग्दुला बजारलाई सिल गरिएको छ। प्युठान नगरपालिका वार्ड नं ७, ८ बाग्दुला बजार क्षेत्रलाई अत्यावश्यक सेवा बाहेक ५ दिनको लागि सिल गरिएको हो।
बाग्दुला बजारक्षेत्र भित्रकि एक २३ बर्षिय युवतिलाई समुदाय स्तरमै कोरोना भाइरस (Covid-19) संक्रमण पुष्टि भएपछी नगरपालिकाले यस्तो निर्णय गरेको हो। नगरपालिका स्तरिय CCMC को निर्णय अनुसार पुण्यखोला क्याम्पस देखि सारिबाङ्ग, मरन्ठाना खरिबोट देखि धाइरे क्षेत्र सम्मलाई सिल गरिएको छ। संक्रमण कम गर्नको लागि पिसिआर दायरा बढाउने र जिल्लामा रहेका होटल, उद्योग, पसल सबै क्षेत्रलाई बन्द गर्नको लागि CCMC जिल्ला बोर्डलाई ध्यानाकर्षण गराउने प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतीले बताउनु भयो। लकडाउननै समस्याको समाधान नभएको भन्दै जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा. विशाल सुवेदीले भन्नू भयो, “आफ्नो दैनिक कार्यका साथ-साथै ब्यक्तीले आफ्नो सुरक्षा आफैले गर्नु पर्ने हुन्छ। सरकारले के गर्ला? पर्देश सरकारले के गर्ला? भनेर मुख टाक्नु भन्दा पनि हामी हाम्रो सुरक्षा आफैले गर्नु पर्ने हुन्छ। तर आत्तिनु चाहिँ भएन।” उनि जिल्ला बाहिर कतै नगएकोले उन्लाई कसरी कोरोना लाग्यो भन्ने कुरोमा अन्यौल रहेको बताइएको छ।
भोलि बिहानैदेखी उनको सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सुरु गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले बताउनु भयो । अहिले जिल्लामा चल्दै आएको गाडीहरुले एक सिटमा एकजना भन्दा धेरै प्यासेन्जर राखेको भन्ने कुरो आएकाले यदि त्यसो गरेको पाइएमा कानुनी कारबाही गरिने समेत बताउनु भयो। कोरोना संम्बन्धी सुरक्षा साबधानी अपनाउन सकियो भने अहिलेको यो महामारीबाट वच्न सकिने प्रहरी प्रमुख नरेन्द्र कार्कीले बताउनु भयो। उहाँले हरेक नागरिकले घर बाहिर निस्किदा अनिवार्य मक्स लगाउन र धेरै मान्छे एकैठाउँमा जम्मा नहुन पनि आग्रह गर्नु भयो। प्युठानमा आज मात्र ५ जना कोरोना संक्रमित पुष्टि भएका छन। यो सङ्गै जिल्लामा संक्रमितको संख्या ३ सय ४२ पुगेको छ भने ३ सय ३४ जना उपचार पछि घर फर्किसकेका छन।