शितगंगा नगरपालिका विकासकाे हिसावले यसै पछाडि परेकाे स्थानीय तह हाे त्यसैमाथि ठेकेदारले याेजनाहरु अलपत्र पार्दा झनै समस्या देखिएका छन् । शितगंगाकाे मुटु मानिने डमरु दहमा भुसाल कन्ट्रक्सनले ६ महिना अगाडि ४८ लाख६५ हजार बराबरकाे काम २६ लाख ८८ हजारमा गर्ने भनी सम्झाैता गरे पनि काम अलपत्र अबस्थामै रहेपछि स्थानीयहरु बिराेधमा उत्रिएका छन् । सम्झैाता बमाेजिम काम नगर्दा डमरु दहकाे अाकर्षण बढ्नुकाे सट्टा घट्दाे अबस्थामा छ । उक्त याेजनामा भुसाल कन्ट्रक्सनले जम्मा ३४ प्रतिसत मात्र काम गरेर रकम भुक्तानी लगि सकेकाे छ भने काम समेत निकै कमजाेर भएकाे सिमेन्ट बालुवा सझिलै नस्कने गरेकाे स्थानिय नारायण अधिकारीले बताउनु भयाे ।
यस्तै भुसाल कन्ट्रक्सनले पतन्जली मार्गकाे काममा पनि राम्राे उपलब्धि देखाउन सकेन ८७ लाख६९ हजार बराबरमा रहेकाे काम भुसाल कन्ट्रक्सनले ५४ लाख१५ हजार बराबरमा सम्झौता गर्याे तर काम भने अलपत्रनै भयाे उक्त सडकमा समेत भुसालकाे प्रगति ८ प्रतिशत मात्र रहेकाे शितगंगा नगरपालिकाकाे प्राबिधिक स्टुमेटमा देखिएकाे छ भने ८ प्रतिसत कामकै रकम भुक्तानी समेत नगरपालिकाबाट लगेकाे छ ।
यस्तै भेसालकै अर्काे अलपत्र बिकासकाे याेजना हाे पतन्जली अाश्रम भवन शितगंगा नगरपालिका ७ मा बन्याे तर काम भने पिल्लर गाड्ने मात्र भएकाे छ । समयमा टेन्डर भए पनि समयमा काम नगर्दा याेजना अलपत्र परेकाे स्थानिय युवा समाजसेवी बिमल गराैजाकाे भनाइ छ ” समयमा काम गर्न अाएन्न पछि काेभिडल पनि प्रभाबित पार्याे ” गराैजाले भन्नू भयाे । महर्षि पतन्जलीकाे जन्म स्थल जाने सडक तथा उक्त भवन गरि २ कराेड ७८ लाख बराबरकाे याेजना भुसालले १ कराेड ७१ लाख मागर्ने गरि सम्झाैता गरे पनि भुसाल कन्ट्रकसनले ५८ लाख ३२ हजारकाे मात्र काम गरेकाे छ । भुसाल कन्ट्रकसनका यी प्रतिनधी काम मात्र धेरै स्थानमा कामकाे जिम्मा लिने तर काम भने गुणस्तरिय नभए पछि उक्त निर्माण कम्पनिकाे बिराेध हुने गरेकाे छ । भुसाल कन्ट्रक्सनले शितगंगा क्षेत्रम उपभाेक्ता समिति लाई समेत कमिसन दिएर काम गर्ने गरेकाे छ।
शितगंगा नगरपालिकाकाे कमजाेरीले ज्याेती भबिश्वर बहुमुखी क्याम्पसकाे ६० लाखकाे काम खाडल मात्र खनेर सकियाे
शितगंगा नगरपालिकामा रहेकाे एक मात्र बहुमुखी क्याम्पसकाे भवन बन्ने रकम फ्रिज भएकाे क्याम्पसका ब्यवस्थापन समिति अध्यक्ष कुमार केशब बेल्बासेले बताउनु भएकाे छ ।
प्रदेश बाट ५० लाख तथा प्रतिनिध सभा सांसद टाेप बहादुर रायमाझीले छुट्टाएकाे रु १० लाखकाे बजेट क्याम्पस ब्यवस्थापन समितले काम गर्न खाेज्दा नगरपालिका प्रमुख शुर्य प्रसाद अधिकारीले नमाने पछि लामाे समय राेकिएकाे र टेन्डर बाट काम हुने भने पनि असारमा मात्र काम सुरु भए पनि कुनै काम नभएकाे क्याम्पसका अाजिवन सदस्य केदार बेल्बासेले बताउनु भयाे ।
ठेकेदारले म्याद थपकाे निबेदन दिए पनि नगर बाट त्याे पास नगरेकाे बेल्बासेले बताउनु भयाे ।
नगरपालिकाकै प्रमुख क्याम्पसकाे काम प्राथमिकतामा गर्नु पर्ने झन ढिलाे हुँदा भवनकाे काम राेकिएकाे क्याम्पस प्रमुख बिष्णु भट्टराइले बताउनु भयाे ।