गृहपृष्ठ खबर कोरोना भाइरसबाट बच्न ने.बि संघले गर्‍यो सचेतनासहित निशुल्क मास्क बितरण

कोरोना भाइरसबाट बच्न ने.बि संघले गर्‍यो सचेतनासहित निशुल्क मास्क बितरण

प्रकाशित मिति:

उमेश बि.क / नवलपरासी ,२२ साउन

विश्व भरी फैलिरहेको महामारी कोरोना भाईरस (कोभिड(१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि पश्चिम नवलपरासीकाे विभिन्न स्थानमा सचेतनासहित निशुल्क मास्क बितरण गरिएको छ।

नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीको अायाेजनामा बर्दघाट चाेक , टिसियन चाेक , भुतहा चाेक लगाएतकाे स्थानमा अावतजावत गर्ने मानिसहरूलाई राेकि मास्क नलगाएकाे खण्डमा सचेतना सहित निशुल्क मास्क वितरण गरेका हुन ।

कोरोना भाइरसबाट बच्न सरकारले गरेको तथा गर्न लागेको लकडाउनको नियम पालना गर्ने साबुनपानीले हात धुने मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा स्थानीय तथा यात्रुलाई जानकारी गराइएको छ ।

दिनेश न्याैपानेकाे सहयोगमा तथा नेवि संघका नेताहरुकाे सक्रियतामा करिब दुई हजार मास्क निशुल्क बितरण गरिएको नेविसंघका उपसभापति नरेश भट्टराईले जानकारी दिनुभएको हाे ।

सचेतना तथा निशुल्क मास्क बितरणमा नेपाल बिद्यार्थी संघ निवर्तमान सभापति ददिराम पाैडेल ,उपसभापति नरेश भट्टराई ,नेबि संघका किशोर गैरे, सुशील भुर्तेल ,मिलन भण्डारी लगाएतकाे उपस्थिति रहेको थियाे।

सम्बन्धित् समाचार