कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट १ सय १९ जनाको स्वाब संकलन गरिएको छ । बाणगंगा नगरभित्र रहेका बैंक तथा वित्तीय संस्थाका फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारी सहित छिमेकी मुलुक भारत र तेस्रो मुलुकहरू बाट आएका व्याक्तीहरूको स्वाब संकलन गरिएको हो ।
जिल्लाको तौलिहवा , कृष्णनगर क्षेत्रमा समुदाय स्तरमा स्वाब परिक्षण गर्दा केही ब्यक्तीहरूमा संक्रमण पुष्टि भएको थियो भने जिल्लामा एक दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण पुष्टि भएसंगै आजदेखि साउन मसान्तसम्म अत्यावश्यक बाहेकका सरकारी कार्यालय तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । शुक्रबार लिइएको नमुना स्वाबलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परिक्षणका लागि पठाइएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताउनुभयो ।