शितगंगा नगरपालिकाको ज्योती भबिश्वर बहुमुखी क्याम्पसको ६० लाखको बजेट फ्रिज भए पछि आगामि दिनमा क्याम्पस को भवन निर्माणको लागि पहल तथा दवाव दिन विहिवार क्याम्पस ब्यवस्थापन समितिले नगरपालिका संग छलफल गरेको छ ।
शितगंगा नगरपालिकामा रहेको एक मात्र बहुमुखी क्याम्पसको भवन बन्ने रकम फ्रिज भएको अबस्थामा आगामि बर्ष बजेट व्यवस्थापन गर्न दवाव स्वरुप नगरपालिकामा डेलिगेसनको लागि नगरपालिकामा गएको क्याम्पसका ब्यवस्थापन समिति अध्यक्ष कुमार केशब बेल्बासेले बताए ।
कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष काशी आचार्यले लामो समय सम्म बजेटको बेवास्ता गर्दा तथा समिति संग कुनै सल्लाह नगरपालिकाले नगर्दा बजेट फ्रिज भएको भन्दै दुख ब्यक्त गरेका छन्।
नगरपालिकाले असारमा गरेका सम्झौता सकिदा मंसिरमा आएको बजेटको काम नसकिदा कोरोनाको कारण देखाएर मेयर उपमेयर तर्कन खाजेको बताउदै नगरपालिकाको क्याम्पस बनाउन तर्फ मेयरले चासो नदिएको भन्दै उपाध्यक्ष आचार्यले पोखेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै ज्योती माबिका प्राचार्य शंकर अर्यालले नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्ने तर्फ खाशै चासो दिन नसकेको बताए।क्याम्पस नभएको भए नगरपालिकानै बन्ने थिएन नगरपालिका बन्नको लागि क्याम्पस भएर मात्र बनेको जनप्रतिनिधी हरुले भुल्न नहुने बताए।
शिक्षा क्षेत्रमा बजेट हाल्न नखोज्ने तर शिक्षा शाखामा कर्मचारी हुँदा पनि बार्षिक ११ लाख बिनिको नाममा खर्च गर्नु दुखद भएको बताउदै त्यहि रकम क्याम्पसमा लगाए क्याम्पस सञ्चालनमा सजिलो हुने सुझाव समेत दिएका हुन्।
यस्तै कार्यक्रममा बोल्दै नगरप्रमुख शुर्य प्रसाद अधिकारीले नगरपालिका भवन निर्माणमा आफु लागि पर्नेमा बिश्र्वस्त पारेका छन् । साथै काटिएको रकम ल्याउन पहल गर्न आफु तयार भएको बताउदै प्रदेशमा प्रस्ताव राख्न जान तयार भएको उनले बताए ।नगरपालिकाले समेत बजेट ब्यवस्थापनमा चासो ब्यक्त गरेकोले कार्यपालिका बैठकमा प्रस्ताव लान तयार भएको नगर प्रमुख अधिकारीको भनाई छ ।
कार्यक्रममा सहभागिहरुले नगरपालिकाले विभिन्न क्षेत्रमा गरेका कमिकमजोरी हरुका बारेमा समेत बताउदै अन्य स्थानिय तहको तुलनामा काम हुन नसकेको गुनासो गरेका थिए ।
साथै केही दिन अगाडि प्रमुख प्रशासकिय अधिकृतको सरुवाको चलखेलमा नगर प्रमुख तथा उपप्रमुख लागेको हल्लाले यस्ता खालको प्रवृतिहरुले नगरको बिकासमा असर गर्ने र ३ बर्षमा ७ प्रमुख प्रसासकिय अधिकृत परिवर्तन हुनुले समेत राम्रो सन्देश दिन नसकेको बताएका थिए ।
प्रमुख प्रशाशकीय अधिकृतले नीति भन्दा बाहिर काम गर्न दवाव दिने आफुले भने अनुसार नभए पछि सरुवाको चलखेलमा लाग्ने गर्दा जनप्रतिनिधीकै कारण नगरपालिका बिकासमा असर परेको भन्दै सहभागि हरुले काम गर्ने वातावरण शिर्जना गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न राजनिति दलका प्रतिनिधी,शिक्षक,विभिन्न संघ सस्थाका प्रतिनिधि,स्थानिय युवा लगायतको उपस्थिति रहेको थियो ।