प्रदेश नम्बर ५ मै सबै भन्दा बढी कोरोना संक्रति भेटिएको कपिलवस्तुका १० प्रतिशत संक्रमितको यात्रा बितरण – ट्राभेटल हिस्ट्री ) नै छैन । जिल्लामा शनिवार साझ सम्म ८ सय ४० कोरोना संक्रमित पुष्टी भएका छन । त्यस मध्ये अहिले ८४ वटा एक्टीभ केस छन । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार १० प्रतिशत कोरोना संक्रमितको यात्रा बिवरण पत्ता लाग्न नसकेको बताए ।
ती ब्यक्तिहरुको यात्रा बिवरण थाहा हुन नसक्दा कोरोना संक्रमण फैलने जोखम रहेको उनले बताए । पालिकाहरुमा गठन गरिएको समिति निस्कृय हुुनु र संक्रमितहरुmले समेत आवश्यक विबराण् नदिदा यात्रा बिवरण थाहा हुन नसकेको थापाले बताए । उता संक्रमित मध्ये ८८ प्रतिशत भारतबाट आएका ब्यक्ति हुन । भारत बाहेक अन्य देशबाट आएका २ प्रतिशत संक्रमति छन ।
समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन दु्रत गतिमा गरिएको परिक्षणबाट बिभिन्न पेशा र समुदायका ३६ जना सक्रमति भेटिएका छन । ८४ एक्टीभ केस मध्ये लक्ष्ण सहीतका १४ छन छन । एक जना बुटवल प्रादेशिक अस्पतालको आईसियुमा उपचारत छन ।
पछिल्लो केही दिन यता जिल्लाका बैकिङ सस्थामा कार्यरत १६ कर्मचारीहरु समेत संक्रमित भएका छन । स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी, शिक्षक, बिद्यार्थी ब्यापारी, बिद्यतु कर्मचारी, ब्यापारी लगायत समुदायस्तरका मान्छे समेत कोरोना संक्रमित भएका छन ।
कपिलवसतुमा प्रदेश नम्बर ५ मै सबै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन ।