गृहपृष्ठ खबर समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तु नगरपालिका भित्रका होटल तथा रेस्टुरेन्ट बन्द

समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तु नगरपालिका भित्रका होटल तथा रेस्टुरेन्ट बन्द

प्रकाशित मिति:

समुदायस्तरमा कोरोना फैलिएको भन्दै कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको होटल तथा रेस्टुरेन्ट सोमवार देखि बन्द गर्ने निर्णय गरिएको छ । आईतावार होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ नगर समितिको बैठकले नगर क्षेत्र भित्रका होटल, रेस्टुरेन्ट र चिया पसल बन्द गर्ने निर्णय गरेको हो ।

संघका जिल्ला अध्यक्ष गोपाल क्षेत्रीले कोरोना समुदायस्तरमा फैलिएको र होटलमा समेत फैलने खतरा भए पछि बन्द गरिएको बताए । आवश्यक सावधानी, सचेर रहन र बच्नकालागि आफनो ब्यवसाय बन्द केही सयमकालागि बन्द गरिएको हो । अहिले अनिश्चितकालकालागि बन्द गरिएको र स्थिति सामान्य बने पछि बल्ल खोलिने खत्रीले बताए । उता नगरका ब्यापारीहरुले समेत लकडानउ कडा गर्नु पर्ने बताए ।

सम्बन्धित् समाचार