गृहपृष्ठ खबर कपिलवस्तुमा पहिलोपटक २ कोरोना संक्रमितको मृत्यु

कपिलवस्तुमा पहिलोपटक २ कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुका २ कोरोना संक्रमितको सोमवार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा उपचाररत तौलिहवाका एक र कृषण्नगरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लक्षण सहितका बिरामी दुबै जना बिगत ५ दिनदेखि बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए । मृत्यु हुनेमा ४२ बर्षीय कपिलवस्तु नगरपालिका– २ जमुहरा टोलका पुरुष र कृष्णनगर नगरपालिका– १० का २५ बर्षीय पुुुुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गम्भीर रहेको छ । मस्जिद टोलका मासु व्यापारी र सागरटोलका एक पुरुष काठमाडौंमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन् ।

सम्बन्धित् समाचार