रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का ४२ वर्षीय पुरुषको गएराति चार बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। उनले अस्पतालबाट डिटेल आइनसकेको बताए।
छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ४ दिनअघि अस्पताल लगिएको कपिलवस्तु नगरपालिका २ का वडाअध्यक्ष रामभजन कलवारले बताए। उनमा हिजोमात्रै कोरोना पुष्टि भएको वडाअध्यक्ष कलवारको भनाइ छ।
त्यस्तै कृष्णनगर नगरपालिका वडा नं. १२ का २५ बर्षिय प्रदिप तेलीको मृत्यु भएपनि कोरोनाका कारण मृत्यु हो होईन रिपोर्ट आएपछि मात्रै थाहा हुने बताईएको छ ।
जमुहराका मृतकमा कारोना संक्रमित पुष्टी भए पनि कृष्णनगरका पुरुषको भने स्वाब बुटवल पठाइएको तर अझै रिपाटै आई नसकेको श्रोतले जनाएको छ । यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गंभीर रहेको छ । मस्जिद टोलका मासु ब्यापारी र सागरटोलका एक पुरुष काठमाण्डौमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।