गृहपृष्ठ खबर एकै दिन ४ जनाको डुबेर मुत्यु

एकै दिन ४ जनाको डुबेर मुत्यु

प्रकाशित मिति:

काठमाडौं । देशका विभिन्न स्थानमा गरी एकै दिन ४ जनाको डुबेर मुत्यु भएको छ ।
महोत्तरीको औरही नगरपालिका-२ चेपकटटोल बस्ने अमित सदाको ४ बर्षीया छोरा सोहन सदाको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-८ हात्ती किल्ला बस्ने ५२ बर्षीय प्रिती कुमार राईको खेतको पानीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका-३ भुण्डागौडीस्थित रहेको बुढी खोलामा डुबेर झुण्डिपुर बस्ने हिरा चौधरीको ४ बर्षीया छोरी ओराही चौधरीको मंगलबार साँझ मृत्यु भएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका-४ बस्ने राजाराम राउतको १८ बर्षीया छोरा विकाश राउतको मेस्तरस्थित कदम पोखरीमा डुबेर मंगलबार मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित् समाचार