गृहपृष्ठ खबर बुटवलमा ५ भदौसम्म पूर्ण लकडाउन हुने

बुटवलमा ५ भदौसम्म पूर्ण लकडाउन हुने

प्रकाशित मिति:

 

समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।

आज बसेको आकस्मिक बैठकले बुटवलमा कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय बजार खुल्ला भएसँगै मानिसहरुको भिडभाड र चहलपहल बढिरहेको छ । बजार खुल्ला हुँदा आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि उपमहानडरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताईन् ।

बुटवलमा रहेका लाइ बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको उनले बताईन । लकडाउनमा अत्याआवश्यक बाहेक अरु सबै ठप्प हुने बताइएको छ ।

अघिल्लो साता हाटबजार लगायतका बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो । तर बुटवलको थोक बजारमा अस्वभाविक भिडभाड भएपछि उपमहानगरपालिकाको आलोचना समेत हुँदै आएको छ ।

सम्बन्धित् समाचार