गृहपृष्ठ खबर जन्मोत्सवको अवसरमा मृगौला र ब्लड क्यान्सर पीडितलाई पोख्रेलले गरे ३० हजार सहयोग

जन्मोत्सवको अवसरमा मृगौला र ब्लड क्यान्सर पीडितलाई पोख्रेलले गरे ३० हजार सहयोग

प्रकाशित मिति:

कपिलवस्तु । बाणगंगा ०८ मधुवन घर भई हाल माल्टामा कार्यरत युवा  दिपक पोख्रेलले आफ्नो जन्मदिनको अवसरमा मृगौला तथा ब्लड क्यान्सर पीडितलाई ३० हजार सहयोग गरेका छन् । जन्मदिनको अवसरमा भोज गर्ने एवम् फजुल खर्च बचत गरि उक्त सहयोग उनलेे गरेका हुन् ।

बाणगंगा ०४ ठाकुरापुरका ब्लड क्यान्सर पीडित बिष्णुहरि पोख्रेल , सोही वडाको झुँगामा घर भएका मृगौला पीडित हरि न्यौपाने तथा भुमिकास्थान १० अर्घाखाँचीका दुबै मृगौला पीडित सन्तोष गैरेलाई जनही १० हजार उनले आर्थिक सहयोग गरेका छन् । उक्त रकम नवप्रभात युवा क्लबकाे पहलमा हस्तान्तरण गरिएको क्लबका अध्यक्ष मिलन चालिसेले जानकारी दिए ।

 

 

सम्बन्धित् समाचार