बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार राति मृत्यु भएका युवको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुका २५ वर्षीय ती युवक मंगलबार मात्र प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि भर्ना भएका थिए ।
अस्पताल भर्ना भएका उनलाई कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो । उपचारको क्रममा उनको गएराति मृत्यु भएको थियो । उनमा मिर्गौलाको समस्या रहेका कारण मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका सम्पर्क व्यक्ति डा. सुदर्शन थापाले बताए ।
मंगलबार राति कपिलवस्तुका ४२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको थियो । ती पुरुष कोरोना भाइरसको लक्षण देखिएर २५ साउनमा अस्पताल भर्ना भएका थिए ।