गृहपृष्ठ खबर प्यूठानको झिमरुक नदी किनारमा बेवारिसे शव भेटियो

प्यूठानको झिमरुक नदी किनारमा बेवारिसे शव भेटियो

प्रकाशित मिति:

प्यूठानको झिमरुक नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ । प्यूठान नगरपालिका वडा नं. ४ सत्तरी स्थित झिमरुक नदीको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय विजुवारले शवको पहिचानको लागि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले दिएको हुलिया अनुसार शरिरमा दुवी भएको, आधा कपाल फुलेको, मंगोलियन जस्तो देखिने, अन्दाजी ५ फिट ३ इन्चको रहेको छ । शव आज दिउँसो भेटिएको थियो ।

सम्बन्धित् समाचार