गृहपृष्ठ खबर सरावल २ मा राेग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण

सरावल २ मा राेग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण

प्रकाशित मिति:

नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ का विभिन्न टाेलमा राेग प्रतिराेधात्मक क्षमता बृद्धि गर्ने हाेमियाे प्याथिक अाैषधि निशुल्क बितरण कार्य सुरु गरिएको छ ।

मरवाडी सेवा समिति काठमाडौंकाे साैजन्यमा तथा सरावल गाउँपालिका वडा नं. २ काे अायाेजनामा वडा नं. २ का कार्यबाहक अध्यक्ष बिजय गुप्ताकाे अध्यक्षतामा “आर्सेनिक अल्वम ३० सी ” नामक होमियोप्याथी औषधि वितरण सुरु गरिएको सरावल गाउँकार्यपालिका सदस्य छिमा देवि रायले जानकारी दिनुभएको छ ।

वडा नं. २ का कार्यबाहक अध्यक्ष बिजय गुप्ताले स्थानीय जनतालाई स्वास्थमा समस्या नहोस भनेर रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नकाे लागि बितरण गरिने जानकारी दिनु भएको छ ।

औषधि बितरण गर्दै कार्यबाहक अध्यक्ष गुप्ताले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत हुनका लागि साबुनपानीले हात धुने,सेनिटाइजरकाे प्रयाेग गर्ने ,मास्क लगाउने ,समाजिक दुरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा जनताहरुलाई जागरुक गराएका हुन ।

सम्बन्धित् समाचार