मोटरसाइकल दुर्घटनामा परेका वाणगंगाका २८ वर्षीय राजु बस्नेतको उपचारका लागि बाणगंगा पुलचोक टोलका युवाहरुले १ लाख २४ हजार १ सय २५ रुपौंया सहयोग गरेका छन् । पुलचोक टोलका युवाहरुले सहयोग जुटाएको रकम उनका बुबा लाई शुक्रवार हस्तान्तरण गरेका हुन ।
सहयोग हस्तान्तरणमा सहभागि वडा न ८ का अध्यक्ष गुणनिधि भुसालले राजुको उपचारमा सहयोगका लागि सिफारीस गरिसकेको र अबका दिनमा वडा बाट हुने सम्पुण सहयोको लागि आफु तयार रहेको बताए । दुर्घटनामा परेका बस्नेतको उपचारमा सहयोग होस भन्ने उदेश्यका साथ उनका दौंतरी साथिहरुको पहल तथा बाणगंगा पुलचोक टोलविकास संस्थाको सहयोगमा उक्त रकम जुटाईएको हो ।
टाउकोमा गम्भीर चोट लागेका बस्नेत विगत २३ दिन देखि अचेत अवस्थामा रहेको उनको पारिवारीक स्रोतले जनाएको छ । उनको उपचार भैरहवा मेडिकल कलेजमा भइरहेको छ र उपचारमा करिब ३०÷४० लाख जति खर्च लाग्ने अस्पतालले जनाएको छ ।
परिवारको आर्थिक अवस्था अनुसार सो रकम जुटाउन नसकेकाले सबै सहयोगी मनहरुलाई सहयोगको अपील समेत गरिएको बाणगंगा पुलचोक टोलविकास संस्थाका अध्यक्ष तुल्सी प्रसाद अर्यालले बताए ।
बस्नेतको रुपन्देहीको सैनामैना नगरपालिकास्थित सालझण्डीमा दुर्घटना भएको हो । उनलाई सहयोग गर्न इच्छुक मन हरुले एनएमबी बैंकको उनको बैंक खाता नं. ०३५०१२७९७३६००१४ मा सहयोग रकम पठाउन अपिल गरिएको छ ।
सहयोग रकम हस्तान्तरणमा बाणगंगा पुलचोक टोलविकास संस्थाका पदाधिकारीहरु, छिमेकीहरु र उनका एक दर्जन भन्दा धेरै साथिहरुको उपस्थीति रहेको थियो ।