गृहपृष्ठ खबर समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी

समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी

प्रकाशित मिति:

पश्चिम नवलपरासीमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौं ६ गते राति १२ बजेसम्म सात दिन पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो।

बैठकले निषेधाज्ञा अवधिभर मानिसहरुको जमघट ,भेटघाट ,कुनै प्रकारको बैठक ,समिक्षा ,गोष्ठी, सेमिनार, छलफल ,भेला जस्ता सामुहिक जमघट कार्य नगर्न निर्देशन दिएको छ । यस्तै गरि धार्मिक स्थलहरुमा दैनिक नित्य , पुजा बाहेक अन्य गतिविधिहरुमा रोक लगाइएको छ भने चाडपर्व घरमै मनाउन अनुरोध गरिएको छ । निषेधाज्ञामा सरकारी एबं बैंक तथा वित्तिय संस्था‍मा विद्युतीय सेवा बाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ ।

पछिल्लो पटक समुदायमै कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएकाले संक्रमणको जोखिम अझ बढी बढ्न सक्ने संभावना रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनु भएको छ । यस्तै गरि
सुनवल नगरपालिकाको स्थानीय बिपद् ब्यवस्थापन समितीकोले पनि यहि शनिबार राती १२स्०० बजे देखी भाद्र ०६ गते राती १२स्०० बजे सम्म सुनवल नगर क्षेत्र शिल गर्ने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार