गृहपृष्ठ खबर नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

प्रकाशित मिति:

कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ९ जना, प्रदेश नम्बर २ मा ४२ जना र बागमती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै  गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जनागरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ ।

शुक्रबार भएका ११ हजार ५ सय ७५ पीसीआर परीक्षणमा ५ सय ९४ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ रहेको छ । आजसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन । आज आइसोलेसनमा ७ सय ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेका छन ।

सम्बन्धित् समाचार